You are viewing the translated version of बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजी.

Section 64
बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजी
(१) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, बीमा दलाल वा अन्य बीमा अभिकर्ताले स्वेच्छिक रूपमा इजाजतपत्र खारेजीको लागि प्राधिकरणमा निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका विवरण तथा कागजात समेत पेस गर्नु पर्नेछः-

(क) बीमा मध्यस्थकर्ता सम्बद्ध बीमकले त्यस्तो मध्यस्थकर्ताको कुनै दायित्व नरहेको भनी गरेको सिफारिसपत्र,

(ख) इजाजतपत्रको सक्कल प्रति।

(३) उपनियम (२) बमोजिम पेस भएको निवेदन उपरको जाँचबुझ गर्दा उपयुक्त देखिएको र नेपाल सरकार तथा प्राधिकरणमा निजले बुझाउनु पर्ने कुनै दायित्व समेत नरहेको देखिएमा प्राधिकरणले त्यस्तो इजाजतपत्र खारेज गर्नेछ।